PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

समावेशी समूहका तीन सहमहामन्त्रीः देउवा प्यानलबाट आङ्देम्बे र उपाध्याय, शेखर प्यानलका परियार विजयी



पहिलोपोस्ट

समावेशी समूहका तीन सहमहामन्त्रीः देउवा प्यानलबाट आङ्देम्बे र उपाध्याय, शेखर प्यानलका परियार विजयी

काठमाडौंः नेपाली कांग्रेसको सहमहामन्त्री चयन अन्तर्गत समावेशी समूहका तीन पदको मगगणना सकिएको छ। समावेशी समूहमध्ये महिला, दलित र आदिवासी जनजाति क्लष्टरको गणना सकिएको हो। थारु, मधेशी, मस्लिम लगायतका क्लष्टरको गणना भएको छैन। म

हाधिवेशन निर्वाचन समितिले बाँकी रहेका समूहको गणना पनि निरन्तर हुने जनाएको छ।

तीन समूहको गणना सम्पन्न हुँदा सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलका दुई उम्मेद्वार विजयी भएका छन्। यस्तै, शेखर कोइराला प्यानलका एक उम्मेद्वार विजयी भएका छन्।

देउवा समूहले महिला र आदिवासी जनजाति समूहतर्फको सहमहामन्त्रीमा जित हात पारेको छ। शेखर समूहले दलित समूहतर्फको सहमहामन्त्रीमा जितेको छ।

निर्वाचन परिणाम अनुसार महिला क्लष्टरबाट देउवा प्यानलकी महालक्ष्मी उपाध्याय विजयी भएकी छन्। शेखर प्यानलकी उम्मेद्वार कमला पन्तलाई पराजित गर्दै उपाध्याय निर्वाचित भएकी हुन्।

यस्तै, आदिवासी जनजाति समूहमा पनि देउवा प्यानलकै भीष्मराज आङ्देम्बे निर्वाचित भए। आङ्देम्बेले शेखर प्यानलका विकास लामालाई पराजित गरेका हुन्।

यता दलित समूहको सहमहामन्त्रीमा भने शेखर प्यानलका जीवन परियारले निकै प्रतिस्पर्धात्मक रुपमा जित हात पारेका छन्। परियारले देउवा प्यानलका मानबहादुर विश्वकर्मालाई पराजित गरे।

आठ सहमहामन्त्रीमध्ये बिहीबार तीन क्लष्टरको मतगणना गरिएको हो। थारु, मधेशी, मस्लिम, खसआर्य र पिछडिएको क्षेत्र समूहको मतगणना भएको छैन।

अहिलेसम्म कांग्रेसका सभापति, उपसभापति, महामन्त्रीको नतिजा आइसकेको छ।

सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। यस्तै उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र शेखर समूहका धनराज गुरुङ निर्वाचित भए।

यस्तै, महामन्त्रीमा शेखर समूहका गगन थापा र प्रकाशमान सिंह समूहका विश्वप्रकाश शर्मा निर्वाचित भएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell