PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

एमाले बैठक सञ्चालन कार्यविधि : फरक मतलाई अनुमति विना बाहिर लैजान रोक



पहिलोपोस्ट

एमाले बैठक सञ्चालन कार्यविधि : फरक मतलाई अनुमति विना बाहिर लैजान रोक
File Photo

काठमाडौं : नेकपा (एमाले)ले बैठक सञ्चालन कार्यविधि-२०७८ पारित गरी लागु गरेको छ। शनिवार र आइतवार सम्पन्न केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रस्तुत भएको कार्यविधि पारित गरी लागु गरेको हो।

योसँगै बैठक सञ्चालन कार्यविधि र आचार संहिता-२०७१ खारेज गरेको छ। पारित भएको कार्यविधिले सदस्यहरुलाई लगाम लगाउने प्रयास गरेको छ। कमिटीको बैठकमा आफ्नो मत अभिव्यक्त गर्दा शिष्ट र संयमित भाषा गर्नुपर्नेछ। आफूले उठाएको विषय पारित नभएको वा अल्पमतमा परेको अवस्थामासमेत कमिटीको निर्णयलाई आफ्नो समेत निर्णय ठानी कार्यान्वयन तत्परता देखाउनुपर्ने कार्यविधिमा उल्लेख छ।

 त्यस्तै कार्यविधिले आफूले बैठकमा आफूले राखेको फरक मतलाई सार्वजनिक गर्न रोकसमेत लगाएको छ। ‘निर्णयमा असहमत हुने सदस्यले आफ्नो असहमति लिखितरुपमा कमिटीसमक्ष प्रस्तुत गर्नुपर्ने छ। कमिटीको निर्णय-पुस्तिकामा लिखित रुपमा समावेश भएको असहमतिलाई मात्र फरक मतको मान्यता हुनेछ,’ कार्यविधिमा भनिएको छ, ‘कुनै पनि सदस्यले बैठकमा प्रस्तुत गरेका फरक मत कमिटीको अनुमति वेगर बाहिर सम्प्रेषण गर्नुहुँदैन।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell