PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

एमालेको कार्य विभाजन : ओली निकटलाई मुख्य जिम्मेवारी इतरलाई सहायक!



पहिलोपोस्ट

एमालेको कार्य विभाजन : ओली निकटलाई मुख्य जिम्मेवारी इतरलाई सहायक!

काठमाडौं : नेकपा एमालेले उपाध्यक्षहरुलाई फरक फरक जिम्मेवारी दिएको छ। एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले उपाध्यक्षहरुका लागि विशेष कामका क्षेत्र निर्धारण गरेको अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ।

जसमध्ये संसदीय मामिला सुवासचन्द्र नेम्वाङ, राजकीय (प्रशासनिक र विकास) मामिला सुरेन्द्रप्रसाद पाण्डे, प्रदेश र स्थानीय तह युवराज ज्ञवाली, राजनीतिक समन्वय अष्टलक्ष्मी शाक्य, पार्टीको सांगठनिक कामको अनुगमन विष्णुप्रसाद पौडेल, कुटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मेवारी रामबहादुर थापाले पाएका छन्।

यसरी निर्धारण गरिएका कार्यहरुमा संसदीय मामिला अन्तर्गत मुद्दाहरुको पहिचान, संसद सञ्चालन र सांसदहरुको क्षमता अभिवृद्धिको काम गर्ने जिम्मेवादी दिइएको छ।

त्यस्तै, राजकीय मामला अन्तर्गत सरकारको कामको अनुगमन, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा, रणनीतिक पूर्वाधार, सामाजिक न्याय र सुशासनका कामहरुलाई राखिएको छ।

प्रदेश र स्थानीय तह अन्तर्गत संघीयताको कार्यान्वयन, तीन तहका बिचमा समन्वय, तथा प्रदेश र स्थानीय तहको कार्यसम्पादनको कामलाई राखिएको छ।

त्यस्तै, राजनीतिक समन्वय अन्तर्गत राजनीतिक दलहरु सँगको समन्वय, निर्वाचन रणनीति र पार्टी विस्तारलाई राखिएको छ। पार्टीको सांगठनिक कामको अनुगमन अन्तर्गत प्रदेश तथा जिल्ला कमिटी, जनसंगठन तथा सरोकारवाला संस्थाहरु र केन्द्रीय विभागको अनुगमन राखिएको छ।

पूर्व माओवादी समूहबाट आएका बादल कुटनीतिक र बन्धुत्वपूर्ण सम्बन्ध, राष्ट्रिय हित र सुरक्षा, राष्ट्रिय हितका प्रश्नमा साझा दृष्टिकोण लगायतको काम गर्ने जिम्मेवारी पाएका छन्।

महत्त्वपूर्ण  आफ्नालाई, सहायक अर्कालाई

यसरी गरिएको कार्य विभाजनमा महत्त्वपूर्ण विभाग तथा संगठनको जिम्मेवारी आफ्ना समूहका नेतालाई ओलीले दिएका छन्। तत्कालीन नेकपामा विपक्षमा रहेका र एमाले विभाजन अगाडि नेता माधव नेपाल समूहका नेताहरुलाई भने कम महत्त्व राख्ने र 'उप'मा नै राखिएको छ। आफू निकटलाई अध्यक्ष ओलीले दोहोरो जिम्मेवारी समेत दिएका छन्।  यसरी दोहोरो जिम्मेवारी पाउनेमा उप महासचिव विष्णु रिमाल छन्। ओली प्रधानमन्त्री हुँदा रिजाल प्रमुख सल्लाहकार थिए। उनलाई निर्वाचन विभागको प्रमुख र आर्थिक तथा कोष व्यवस्थापन प्रमुखको जिम्मेवारी दिइएको छ।

प्रचार तथा प्रकाशन विभागको प्रमुख र प्रेस चौतारीको इञ्चार्जमा पृथ्वी सुब्बा गुरुङलाई ल्याइएको छ। यसअघि यो विभागमा योगेश भट्टराई थिए। उनलाई स्वास्थ्य विभाग तथा स्वास्थ्य कर्मीसंघको जिम्मेवारीमा राखिएको छ।

सुदूर पश्चिम प्रदेशको इञ्चार्जमा लेखराज भट्टलाई नै निरन्तरता दिइएको छ। उनलाई अरु विभागको जिम्मेवारी दिइएको छैन।

उनले आफू निकटलाई इञ्चार्जको जिम्मेवारी दिएर इतर पक्ष र पूर्व माओवादी समूहका नेतालाई सह इञ्चार्जको जिम्मेवारी दिएका छन्। सचिवहरु छविलाल विश्वकर्मालाई लुम्बिनी, रघुवीर महासेठलाई प्रदेश २ र पद्माकुमारी अर्याललाई गण्डकी प्रदेशको इञ्चार्ज बनाइएको छ।

प्रदेश २ को सह इञ्चार्जमा प्रभु साहलाई ल्याइएको छ। उनलाई स्थायी कमिटीमा ल्याइएको छ। अर्कोतिर सोही प्रदेशको सह इञ्चार्जको जिम्मेवारीमा आफू पक्षका नेता तथा पोलिटव्यूरो सदस्य सुमनराज प्याकुरेललाई पनि दिइएको छ। सूर्य थापा पोलिटव्युरो हुँदै प्युठान जिल्लाको इञ्चार्ज भएका छन्। निरुदेवी पालले कञ्चनपुरको इञ्चार्जको जिम्मेवारी पाएकी छिन्।

कोमल ओलीलले दाङ जिल्लाको सह इञ्चार्ज भएकी छिन्। ऐनबहादुर महरसमेत केन्द्रीय सदस्यमा मनोनित गर्दै बझाङ जिल्लाको सह इञ्चार्जको जिम्मेवारी दिइएको छ। मनोनित भएका सूर्य पाठकलाई बाग्लुङ जिल्लाको सह इञ्चार्ज बनाइएको छ।

त्यस्तै बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँलाई उद्योग, वाणिज्य तथा आपूर्ति विभागको उप प्रमुख बनाइएको छ।

यस्तो छ केन्द्रीय सदस्यको कार्यविभाजन:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell