PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

प्रतियोगीसहित ३८ जनामा कोरोना संक्रमण देखिएपछि मिस वर्ल्ड फाइनल स्थगित



पहिलोपोस्ट

प्रतियोगीसहित ३८ जनामा कोरोना संक्रमण देखिएपछि मिस वर्ल्ड फाइनल स्थगित
Credit: Daniel Leal/AFP/Getty Images

मिस वर्ल्ड २०२१ स्थगित गरिएको छ। शुक्रवार बिहान मिस वर्ल्डको फाइनल आयोजना गर्ने तय भएको थियो। तर, अमेरिकाको पुर्टो रिकोमा आयोजना भइरहेको मिस वर्ल्डमा प्रतियोगी सहित कर्मचारीहरुमा कोरोना संक्रमण देखिएसँगै प्रतियोगिता तत्कालका लागि स्थगित गरिएको हो।

आयोजकहरुले भने प्रतियोगी, कर्मचारी र सर्वसाधारणको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै फाइनल स्थगित गरिएको बताएका छन्।

पुर्टो रिकोको स्वास्थ्य विभागका अनुसार मिस वर्ल्डसँग सम्बन्धित ३८ जनामा संक्रमण देखिएको हो। जसमा १५ जना प्रतियोगी र २३ जना क्रु मेम्बर रहेका छन्।  

आयोजकले अबको ९० दिनभित्र फेरि प्रतियोगिता गर्ने समेत बताएको छ। संक्रमण देखिएकाहरु हाल आइसोलेसनमा छन्। मिस वर्ल्डमा सहभागी हुन अमेरिका पुगेका प्रतियोगीलाई स्वास्थ्य प्रोटोकल पालना पछिमात्रै स्वदेश फर्किन दिइने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell