PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

ट्‍वीटर, मेटा र टिकटकले निषेध गरेको कन्टेन्ट हटाएन, रसियाको अदालतले दियो जरिवाना तिर्न आदेश



पहिलोपोस्ट

ट्‍वीटर, मेटा र टिकटकले निषेध गरेको कन्टेन्ट हटाएन, रसियाको अदालतले दियो जरिवाना तिर्न आदेश
Photo : Reuters

रसियाको एक जिल्ला अदालतले ट्‍वीटर, मेटा (फेसबुक) र टिकटकलाई जरिवाना गराउने फैसला गरेको छ। यी तीन सामाजिक सञ्जालहरुले रसिया सरकारले निषेध गरेका कन्टेन्ट नहटाएको भन्दै २३ करोड ८ लाख रुपैयाँ जरिवाना तिराउन बिहीबार आदेश दिएको हो।

यी सामाजिक सञ्जालहरुलाई बाल यौन, लागू औषध, आत्महत्या दुरुत्साहनसम्बन्धी कन्टेटलाई बन्देज नलगाएको मुद्दा लगाइएको छ।

रसियाको मस्कोको टागान्स्काइ जिल्ला अदालतले मेटालाई तीन विभिन्न प्रशासनिक मुद्दामा २० करोड ८० लाख रुपैयाँ जरिवाना तिराउन आदेश दिएको छ। यस्तै, ट्वीटरलाई दुईवटा मुद्दामा एक करोड ६४ लाख रुपैयाँ र टिकटकलाई करिब ६६ लाख रुपैयाँ जरिवाना तिराउन आदेश दिएको छ।

रसिया सरकारले यसअघि नै ती कन्टेन्टहरुलाई गैरकानुनी घोषणा गर्दै बन्देज लगाउने निर्णय गरेको थियो।

आलोचकहरुले भने सरकारले ठूला टेक कम्पनीहरु माथि दबाब थप्दै लगेको प्रतिक्रिया दिएका छन्। इन्टरनेटमाथि रसिया सरकारले पछिल्लो समय नियन्त्रण बढाउन खोजेको आरोप उनीहरुको छ। यसले व्यक्तिगत तथा व्यवसायिक स्वतन्त्रता माथि प्रहार गर्दै लगेको तर्क आलोचकहरुको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell