PahiloPost

Sep 12, 2026 | २७ भदौ २०८३

श्रीमतीको हत्या अभियोगमा श्रीमान् समातिए



पहिलोपोस्ट

श्रीमतीको हत्या अभियोगमा श्रीमान् समातिए

काठमाडौंः श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ।

४५ वर्षीया कोपिला थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा भीरकोट नगरपालिका-६ फोक्सिङ बस्ने ५० वर्षीय डबलबहादुर थापालाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

डबलबहादुरले कुटपिट गर्दा कोपिला गम्भीर घाइते भएको भन्ने खबर पाएपछि प्रहरी चौकी दहथुम र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ पठाएको थियो। त्यहीँ उपचारका क्रममा उनको मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell