PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने



पहिलोपोस्ट

विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने

काठमाडौं : विराटनगरमा आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ। संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा आगामी पुस ९ र १० गते सो महोत्वस हुन लागेको हो।

महोत्सव अन्तर्गत प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरु प्रर्दशन हुने कार्यक्रम छ। आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो।

आदिवासी जनजातिहरुको भाषा, कला, संस्कृति र संस्कारहरुको संरक्षण तथा पर्यटन प्रर्बधनको उद्धेश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दिप नारायण राजवंशीले बताए।

महोत्सवमा राजवंशी, थारु, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बु, भुजेल, खवास र शेर्पा भाषाको चलचित्र प्रदर्शन गरिनेछ। प्रर्दशन गरिएका चलचित्रहरु मध्येबाट उत्कृष्ट चलचित्रलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिनेछ। त्यसकालागि विभिन्न भाषाभाषीका निर्देशक सम्मिलित एक निर्णायक समिति समेत गठन गरिने आयोजक समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell