PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अन्ततः दुई महिनापछि काठमाडौंका प्रहरी प्रमुख फेरिए, एसएसपी गिरीले सम्हाल्दै कमान



पहिलोपोस्ट

अन्ततः दुई महिनापछि काठमाडौंका प्रहरी प्रमुख फेरिए, एसएसपी गिरीले सम्हाल्दै कमान

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयको निर्णय अनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंहलाई सरुवा गरिएको छ। एसएसपी  सिंहको ठाउँमा एसएसपी सुदीप गिरीलाई जिम्मेबारी सुम्पिएको छ।

'आजबाट नै काठमाडौं प्रहरी प्रमुख फेरिनु भएको छ। एसएसपी गिरीलाई पठाइएको छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले भने। एसएसपी सिंह एक वर्षदेखि काठमाडौंको प्रहरी प्रमुखमा थिए। गिरी यसअघि केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) मा कार्यरत थिए।

दुई महिना अगाडि नै एसएसपी सिंहलाई गृहमन्त्रीको निर्देशनमा काठमाडौंबाट सरुवा गरिएको थियो। तर, प्रधानमन्त्रीको निर्देशनमा उक्त कदम रोकिएको थियो। उनीसँगै काठमाडौं महानगरीय प्रहरी परिसर ललितपुरको जिम्मेबारी सम्हालेका एसएसपीको दुई महिना अगाडि नै सरुवा भएको थियो। काठमाडौं जिल्लाको प्रहरी प्रमुख चुनौती र अवसरको रुपमा लिने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell