23.jpg)
काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार १६ जनाको कोरोना परीक्षण गर्दा २७४ जनामा संक्रमण देखिएको छ। यस्तै, २७० जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ५ हजार ५२२ पुगेको छ।
संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। ११ हजार ५७० जनाको हालसम्म संक्रमणका कारण मृत्यु भइसकेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ६ हजार ५२२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।