PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

कांग्रेस सहमहामन्त्रीमा देउवा प्यानलका राठौर र मन्सुर निर्वाचित



पहिलोपोस्ट

कांग्रेस सहमहामन्त्रीमा देउवा प्यानलका राठौर र मन्सुर निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्रीमा किशोर राठौर निर्वाचित भएका छन्। खसआर्य क्लस्टरबाट राठौरले २ हजार ५७६ मत ल्याउँदै निर्वाचित भएका हुन्। सहमहामन्त्रीको प्रतिस्पर्धामा देवराज चालिसेले २ हजार ५९ मत ल्याउँदै दोस्रो भए।

यस्तै, फरमुल्लाह मन्सुर मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मन्सुर २ हजार ७७६ ल्याउँदै निर्वाचित भएका हुन्। शेख वकिलले १ हजार ८७५ मत सहित सहमहामन्त्री पदको प्रतिस्पर्धामा दोस्रो भए।

विजयी राठौर र मन्सुर दुवैजना कांग्रेसका नवनिर्वाचित सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell