PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

६७ देशबाट नेपाल आउने यात्रु ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने, कुन कुन देश छन् सामेल?



पहिलोपोस्ट

६७ देशबाट नेपाल आउने यात्रु ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने, कुन कुन देश छन् सामेल?

काठमाडौंः सरकारले विभिन्न ६७ देशबाट नेपाल आउने यात्रुहरुलाई सात दिनसम्मको होटल क्वारेन्टिन अनिवार्य गरेको छ। कोभिडको नयाँ भेरियन्ट (ओमिक्रोन) को संक्रमण फैलिरहेका मुलुकबाट आउने यात्रुलाई यो नियम लागू हुनेछ।

मन्त्रिपरिषद्को निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिचान गरेका जोखिमयुक्त देशबाट आउने यात्रुका लागि शुक्रबारदेखि सो व्यवस्था गरिएको हो।

अध्यागमन विभागले सूचना जारी गर्दै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढिरहेका देशबाट आउने यात्रुलाई क्वारेन्टिन अनिवार्य गरेको हो। जसमा अफ्रिका, युरोप तथा एसियाली मुलुक समेत सामेल छन्।

विभागको सूचना अनुसार आफ्नै खर्चमा सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्ने छ। साथै, कोभिड परीक्षण नेगेटिभ देखिएका व्यक्तिले थप सात दिन होम आइसोलेसनमा बस्नुपर्ने छ। कोभिड परीक्षण पोजेटिभ देखिएमा आइसोलेसन केन्द्र वा अस्पताल पठाइने छ।

विभागले यसअघि जारी भएको यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश पालना गर्न पनि आग्रह गरेको छ।

यी हुन् ६७ देश



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell