PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

कोरोनाको ओमोक्रन भेरियन्टविरुद्ध बुस्टर डोज ८० प्रतिशत प्रभावकारी



पहिलोपोस्ट

कोरोनाको ओमोक्रन भेरियन्टविरुद्ध बुस्टर डोज ८० प्रतिशत प्रभावकारी

कोभिड १९ को ओमोक्रन भेरियन्टविरुद्ध बुस्टर डोज प्रभावकारी देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन्। बुस्टर डोज लगाउँदा संक्रमणका कारण गम्भीर बिरामी हुनबाट ८० प्रतिशत सुरक्षित हुने बेलायती अनुसन्धानकर्ताहरुको दाबी छ।

पछिल्लो समय विश्वभर ओमोक्रन भेरियन्टको संक्रमणलाई लिएर फेरि स्वास्थ्य प्रोटोकलहरु लागू भइरहेका छन्। यसबिच पूर्ण खोप लगाएकाहरुलई तेस्रो बुस्टर डोज दिनेबारे धेरै देशमा छलफल भइरहेको छ। नेपालमा पनि बुस्टर डोज दिने बारेमा स्वास्थ्य मन्त्रालय छलफलमा जुटेको छ।

ओमोक्रन तिब्र गतिमा फैलिरहेको अवस्थामा बेलायतमा अहिले करिब ८ लाख नागरिकलाई दैनिक बुस्टर डोज दिइँदैछ। यो भेरियन्ट निकै संक्रामक रहे पनि यसले बिरामीहरुलाई धेरै गम्भीर बनाएको हालसम्म रिपोर्ट भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell