PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

देउवालाई नमस्कार गर्न बालुवाटारमा लाइन

देउवालाई नमस्कार गर्न बालुवाटारमा लाइन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवलाई बधाई दिन पार्टीका नेता र कार्यकर्ताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा भिड लागेको छ।

१४ औं महाधिवेशनबाट दोस्रोपटक सभापति निर्विचित भएका प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्न बिहानैदेखि बालुवाटारमा महाधिवेशन प्रतिनिधि र नेताहरुको घुइँचो लागेको हो।

कोभिड १९ संक्रमणलाई मध्यनजर गर्दै बालुवाटार प्रवेश गर्नेहरुलाई मास्क अनिवार्य गरिएको थियो। केही नेता कार्यकर्ताले देउवाको अघि गएर मास्क खोल्दै आफ्नो परिचय दिएका थिए।

सबै तस्विर : रोशन सापकोटा



ट्रेन्डिङ पोस्ट

Ncell