3.jpg)
काठमाडौँ : नेकपा एमालेका नेता भीम रावलले केन्द्रीय सल्लाहकार परिषदको सदस्यको जिम्मेवारी अस्वीकार गरेका छन्। आफूलाई सोध्दै नसोधी सल्लाहकार बनाइएकोमा आपत्ति जनाउँदै उनले कुनै पदको टीका नलगाउने घोषणा गरेका छन्।
'मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ' उनले ट्वीटरमा लेखेका छन्।
मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।
— Dr. Bhim Rawal (@BhimRawal179) December 18, 2021
पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारी विहीन थिए। अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले बताएका थिए।