PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

सुटिङमा फर्किए विक्की कौशल, कट्रिनाले बनाएको हलुवाको गरे तारिफ



पहिलोपोस्ट

सुटिङमा फर्किए विक्की कौशल, कट्रिनाले बनाएको हलुवाको गरे तारिफ
फाइल तस्विर : विक्की कौशल/ इनस्टाग्राम

बलिउड अभिनेता विक्की कौशल काममा फर्किएका छन्। कट्रिना कैफसँग केहीदिन अघि मात्रै विवाह गरेका कौशल पहिलै निर्धारित सुटिङ सेड्युलमा फर्किएका हुन्। कट्रिना पनि छिट्टै सेड्युल्ड सुटमा फर्किने बताइएको छ। 

इस्टाग्राम स्टोरीमा सेल्फी राख्दै उनले काममा निस्किएको बताएका हुन्। साथै उनले कट्रिना कैफले बनाएको हलुवाको तस्विर समेत साझा गरेका छन्। एक दिन अघि कट्रिनाले हलुवा बनाएकी थिइन्। कट्रिनले पनि हलुवाको तस्विर स्टोरीमा राखेकी थिइन्। कौशलले हलुवाको तारिफ गर्दै हालसम्मकै सबैभन्दा उत्कृष्ट हलुवा भनेका छन्।

९ डिसेम्बरमा राजस्थानमा कौशल र कट्रिनाको विवाह भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell