PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

कांग्रेस केन्द्रीय सदस्यमा शशांक कोइरालाको अग्रता



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय सदस्यमा शशांक कोइरालाको अग्रता

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना जारी छ। मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ।

प्रारम्भिक मतपरिणाम अनुसार शशांक कोइरालाले अग्रता लिइरहेका छन्। सभापतिका आकांक्षी शशांक कोइरालाले पछि रामचन्द्र पौडेललाई समर्थन जनाउँदै सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएका थिए। ६० मत गणना हुँदा उनले ५९ मत पाएका छन्।

शशांकपछि अर्जुननरसिंह केसीले अग्रता लिएका छन्। उनले ४८ मत प्राप्त गरेका छन्।

यस्तै, गृहमन्त्री बालकृष्ण खाण पनि मतगणनामा अगाडि छन्। जारी मतगणनामा हालसम्म ४६ मत प्राप्त गरेका उनी महाधिवेशनमा महामन्त्री पदमा दाबेदार थिए। तर, प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार बनेपछि उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए।

यस्तै,शंकर भण्डारी, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र कार्कीले पनि जारी मतगणनामा अग्रता लिइरहेका छन्।

खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell