PahiloPost

Jul 3, 2024 | २० असार २०८१

केन्द्रीय सदस्यको करिब १६०० मतगणनामा शशांकको अग्रता कायमै, ९९ उम्मेद्वार कसले कति पाए मत?



पहिलोपोस्ट

केन्द्रीय सदस्यको करिब १६०० मतगणनामा शशांकको अग्रता कायमै, ९९ उम्मेद्वार कसले कति पाए मत?

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा शनिबार दिउँसोबाट मतगणना भइरहेको छ। खसेको मतको १५८९ मतगणना हुँदा डा. शशांक कोइरालाले अग्रता कायमै राखेका छन्।

कोइराला सभापतिका प्रत्यासी रहेका तीनै उम्मेद्वारको सूचीमा परेका थिए। कोइराला शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंह प्यानलमा परेका थिए।

निर्वाचन समिति सचिव प्रकाश शर्माका अनुसार कोइरालाले १५८९ मतगणनामा १३१३ मत पाएका छन्। दोस्रो स्थानमा एनपी साउदले १०२२ मत पाएका छन्।

खुला केन्द्रीय सदस्यको जारी गणनासम्म ३५औँ स्थानमा शेखर प्यानलका उम्मेद्वार अनयबाबु शिवाकोटी छन्। शिवाकोटीले ५७५ मत पाएका छन्।

केन्द्रीय सदस्यमा सभापतिमा निर्वाचित शेरबहादुर देउवा पक्षका उम्मेद्वारी हाबी देखिएका छन्। शेखर कोइराला प्यानलका उम्मेद्वार थोरैमात्र शीर्ष ३५ मा अटेका छन्।

कसको कति मत?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell