PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

नेपाल तामाङ पत्रकार सङ्घमा योञ्जन



रासस

नेपाल तामाङ पत्रकार सङ्घमा योञ्जन

काठमाडौँ : नेपाल तामाङ पत्रकार सङ्घका अध्यक्षमा सुवास योञ्जन चयन भएका छन्। सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा सङ्घको शनिबार सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट योञ्जनका अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

सङ्घको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन, प्रथम उपाध्यक्ष विश्वराज तामाङ, द्वितीय उपाध्यक्ष नेत्र तामाङ, महिला उपाध्यक्ष अञ्जु तामाङ, महासचिव तीर्थराज बल, सचिव शिशिर तामाङ, उर्गेन लो तामाङ र सरस्वती तामाङ र कोषाध्यक्ष डोल्मा छिरिङ तामाङ चयन भएका हुन्।

यस्तै १८ जनालाई सदस्यमा चयन गरिएको छ। नवनिर्वाचित अध्यक्ष योञ्जनले आफ्नो कार्यकालमा तामाङ पत्रकारको क्षमता र मुद्दालाई अझै उचाइमा पुर्‍याउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell