PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अल्लु अर्जुन र रश्मिकाको 'पुष्पा' बन्यो सबैभन्दा बढी कमाउने फिल्म



पहिलोपोस्ट

अल्लु अर्जुन र रश्मिकाको 'पुष्पा' बन्यो सबैभन्दा बढी कमाउने फिल्म

भारतीय फिल्म 'पुष्पा: द राइज' सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ। अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित यो फिल्म कोरोनाकालमा सबैभन्दा बढी व्यापार गर्ने फिल्ममा परेको हो।

१७ डिसेम्बरदेखि रिलिज भएको यस फिल्मले पहिलो दिनमा ५२.५० करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो। भारतमा ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको फिल्मले ३० देखि ४० करोड कमाउने अनुमान गरिएको थियो। तर फिल्मले ५२.५० करोड कलेक्सन गरेर सर्वाधिक कमाउने फिल्म बन्न सफल भएको छ। साथै, दोस्रो दिनको कलेक्सन भने २५ देखि २७ करोड रहेको छ। 

यस फिल्मलाई समीक्षकहरुको पनि सकरात्मक प्रतिक्रिया मिलेको छ। अल्लु अर्जुन र निर्देशक सुकुमारले यसअघि पनिसँगै काम गरिसकेका छन्। दुवैको सहकार्य रहेको फिल्म 'आर्या' र 'आर्या २' पनि बक्सअफिसमा सफल मानिन्छन्।

कोरोनाकालमा फिल्म 'वकिल साहब' ले पहिलो दिनमा ४६ करोड, 'स्पाइडर म्यान' ले ४१.४० करोड, 'मास्टर' को ४० करोड र 'अन्नाथे' ले ३४.७० करोड र सुर्यवंशीको ३१.४० कलेक्सन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell