PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

हङकङमा निर्वाचन कानुन सुधारपछिको पहिलो निर्वाचन



पहिलोपोस्ट

हङकङमा निर्वाचन कानुन सुधारपछिको पहिलो निर्वाचन
निर्वाचनमा मतदातनका लागि आग्रह गर्दै उम्मेदवार। फोटो : चाइना डेली।

हङकङमा नयाँ निर्वाचन कानुन अनुसार आइतवार निर्वाचन भइरहेको छ। चीनको विशेष प्रशासनीक क्षेत्र हङकङमा ७ औं कार्यकालका लागि व्यवस्थापिका परिषदको निर्वाचन चलिरहेको हो।

९० सदस्यीय परिषदका लागि १५३ जना चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये २० भौगोलिक सिटकाका लागि ३५ जनाले प्रतिस्पर्धा गरिरहेका छन्। त्यस्तै ३० कार्यात्मक क्षेत्रका लागि ६७, र निर्वाचन समिति क्षेत्रका ४० सिटका लागि ५१ जनाले प्रतिस्पर्धा गरिरहेका छन्।

सातौँ संसद जनवरी १ मा बन्ने र १२ मा पहिलो बैठक बस्ने बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell