PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

संगीतकार अर्जुन पोखरेललाई 'नातिकाजी प्रतिभा पुरस्कार २०७७'



पहिलोपोस्ट

संगीतकार अर्जुन पोखरेललाई 'नातिकाजी प्रतिभा पुरस्कार २०७७'

काठमाडौं : संगीतकार अर्जुन पोखरेल 'नातिकाजी प्रतिभा पुरस्कार २०७७' बाट सम्मानित हुने भएका छन्। संगीतकार नातिकाजी श्रेष्ठको ९७ औँ जन्मदिनको अवसर पारेर हिजो एक कार्यक्रमबिच यो पुरस्कार दिने घोषणा गरिएको हो।

पोखरेलले फेसबुकमार्फत नातिकाजी स्मृति समाजले संगीत विधाबाट आफूलाई यो पुरस्कार दिने निर्णय गरेसँगै निकै खुसी लागिरहेको बताएका छन्।

केही दिनपछि आयोजना हुने कार्यक्रमबिच राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई यो पुरस्कार प्रदान गर्नेछिन्। पोखरेलले चलचित्र क्षेत्र र सुगम संगीतमा लोकप्रिय संगीतकारको रुपमा चिनिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell