PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

३५९५ मत गणना हुँदा शशांक पपुलर मत सहित अघि, को को छन् टप ३५ मा ?



पहिलोपोस्ट

३५९५ मत गणना हुँदा शशांक पपुलर मत सहित अघि, को को छन् टप ३५ मा ?

काठमाडौं : नेपाली कांग्रेसको खुला तर्फ केन्द्रीय सदस्यको मत गणना अन्तिम चरणमा पुगेको छ।

पार्टी कार्यालय सानेपामा हालसम्म ३ हजार ५९५ मतगणना भइसकेको छ। मत परिणाम अनुसार डा शशांक कोइरालाले सबैभन्दा बढी 'पपुलर' मत ल्याएका छन्। उनले हालसम्म २ हजार ९४० मत पाएका छन्।

दोस्रो स्थानमा एनपी साउद छन्। शेरबहादुर देउवा पक्षका उनले २ हजार २६१ मत ल्याएका छन्। तेस्रो स्थानमा देउवा पक्षकै नेता तथा गृह मन्त्री बालकृष्ण खाण छन्। उनको खातामा २ हजार २०७ मत छ। त्यसैगरी देउवा पक्षकै उदय शम्शेर जबराले २ हजार १६७ मत ल्याएका छन्। सबैभन्दा बढी मत ल्याउने पाँचौंमा रमेश लेखकलाई रामहरि खतिवडाले उछिनेका छन्। खतिवडाले २ हजार १४७ मत ल्याउँदा लेखकले २ हजार १३१ मत पाएका छन् छन्।

शीर्ष ३५ को अन्तिम पाँच जनाको सूचीमा अजयबाबु सिवाकोटी, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र , मोहन आचार्य छन्।

खुलातर्फ केन्द्रीय सदस्यमा देउवा पक्षका धेरैले जित हासिल गर्ने पक्का छ। हेर्नुस् सूची:  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell