PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कांग्रेसको खुला केन्द्रीय सदस्यमा विजयी हुनेहरुबीच सानेपामा छायो खुसीयाली

कांग्रेसको खुला केन्द्रीय सदस्यमा विजयी हुनेहरुबीच सानेपामा छायो खुसीयाली

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ। निर्वाचन समितिले औपचारिक परिणाम घोषणा गरेसँगै सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा विजयी हुने उम्मेद्वारहरुबीच खुसीयाली छाएको छ।

विजयी हुने उम्मेद्वारलाई बधाई दिनेहरुको भिड पनि उस्तै देखिएको छ। विजयीहरुलाई अबिर र माला लगाइदिएर बधाई दिँदै खुसीयाली व्यक्त गरिएको देख्न सकिन्छ।

केन्द्रीय समितिमा अधिकांश देउवा प्यानलका उम्मेद्वार निर्वाचित भए। केन्द्रीय सदस्यतर्फ सबैभन्दा बढी मत डा शशांक कोइरालाले पाए।

निर्वाचन समितिका अनुसार दोस्रो स्थानमा एनपी साउदले २९३७ मत पाए। यस्तै, बालकृष्ण खाण, उदय शमशेर राणा, रामहरि खतिवडा क्रमशः तेस्रो चौथो र पाँचौँ स्थानमा छन्।

केन्द्रीय सदस्यमा गणेश लामा पनि विजयी भए। लामाले १७८२ मत पाए। यस्तै, नेविसंघका बहालवाला अध्यक्ष राजीव ढुंगाना तथा पूर्व अध्यक्ष नैनसिंह महर पनि केन्द्रीय सदस्यमा निर्वाचित भए।

पूर्व महामन्त्री कुन्दन काफ्ले पनि पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भए। राप्रपाबाट कांग्रेस प्रवेश गरेका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल बहादुर थापा पनि केन्द्रीय सदस्यमा निर्वाचित भए।



ट्रेन्डिङ पोस्ट

Ncell