PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

निर्वाचन मार्फत् हङ्कङमा ९० सदस्यीय व्यवस्थापिका, चीन भन्छ : एक देश दुई प्रणाली अन्तर्गत हङ्कङमा प्रजातान्त्रिक विकास



पहिलोपोस्ट

निर्वाचन मार्फत् हङ्कङमा ९० सदस्यीय व्यवस्थापिका, चीन भन्छ : एक देश दुई प्रणाली अन्तर्गत हङ्कङमा प्रजातान्त्रिक विकास
Photo : Xinhua

चीनको विशेष प्रशासनिक क्षेत्र हङ्कङमा सातौँ व्यवस्थापिका परिषदको निर्वाचन सम्पन्न भएको छ। आइतवार सम्पन्न निर्वाचनको मतपरिणाम सोमवार बिहान आइपुगेको छ। आइतवार भएको निर्वाचनमा १३ लाख मतदाताले मतदान गरेको चाइना डेलीले जनाएको छ।

निर्वाचन कमिटी क्षेत्रबाट ४०, कार्य क्षेत्रबाट ३०, र भौगोलिक क्षेत्रबाट २० जना प्रतिनिधि निर्वाचित भएका छन्।

चार वर्षे कार्यकालका लागि भएको निर्वाचन मार्फत् निर्वाचित व्यवस्थापिका परिषदले जनवरी १ बाट सुरु हुने छ।   

९० सदस्यीय व्यवस्थापिका लागि भएको निर्वाचनका लागि ६ सय मतदान केन्द्रमा मतदान भएको थियो। व्यवस्थापिकाको पहिलो बैठक जनवरी १२ का लागि निर्धारण गरिएको छ।  

पाउहिनिया इन्स्टिच्युटले गरेको एक सर्वेक्षणमा ७५.८ प्रतिशत मतदाताहरुले निर्वाचन निष्पक्ष हुनेमा विश्वास लिएका थिए। एक हजार ५  सय २८ जनामा गरिएको सर्वेक्षणमा निर्वाचित प्रतिनिधिहरुले समग्र हङ्कङबासीको हितमा काम गर्ने विश्वास व्यक्त गरेका छन्। सुधारिएको कानुन अनुसार हङ्कङमा पहिलो पटक निर्वाचित भएको थियो। यो निर्वाचन यसअघि भएका निर्वाचनहरु मध्ये सुधारिएको हङकङको एजुकेशन युनिभर्सिटीका अध्यक्ष डेभिड ओङ यायुकरले बताएका छन्।  

यता पश्चिमा सञ्चार माध्यमले भने निर्वाचन विवादस्पद रहेको र 'प्रो बेइजिङ' उम्मेदवारहरु विजयी भएको उल्लेख गरेका छन्।
बीबीसीले मत न्यून मात्रामा खसेको र पहिलोपटक चीनले हङ्कङको निर्वाचनमा 'स्वीप' गरेको उल्लेख छ। बीबीसीका अनुसार ३०.२ प्रतिशत मात्र मत खसेको उल्लेख गरेको छ।

यसैबिच हङ्कङमा सम्पन्न निर्वाचनसँगै चीनले हङ्कङको प्रजातन्त्रिक प्रक्रियाका बारेमा सोमवार स्वेतपत्र जारी गरेको छ। 'एक देश दुई प्रणाली अन्तर्गत हङ्कङको प्रजातान्त्रिक प्रक्रियाको प्रगति' शीर्षकमा जारी गरिएको स्वेतपेपरमा चीनले त्यहाँको प्रजातान्त्रिक प्रक्रियालाई सुधार गर्दै लगिने उल्लेख रहेको ग्लोबल टाइम्सले जनाएको छ।

६ भागमा रहेको स्वेतपत्रको सुरुवातमै बेलायती उपनिवेशमा रहँदा त्यहाँ वास्तविक प्रजातन्त्र नरहेको भन्दै बेलायतको तर्फबाट गभर्नर मनोनित हुने र हङ्कङका जनताको कुनै प्रतिनिधित्व नहुने गरेको उल्लेख छ।

हङ्कङ मुख्य भूमिमा समाहित भएसँगै त्यहाँ विकासको सुरुवात भएको उल्लेख छ। स्वेतपत्रमा निर्वाचन सुधारले हङकङको प्रजातन्त्रलाई सही दिशामा अगाडि बढाउने उल्लेख छ। साथै, उसले मुख्यभूमि चीन हङ‍्कङको विकासमा प्रतिवद्ध रहेको भन्दै एक देश दुई प्रणालीले हङ्कङमा सफलताको कथा कोर्ने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell