PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

ट्युसन पढ्न जाँदा दियो ट्रकले ठक्कर, गयो छात्राको ज्यान



रासस

ट्युसन पढ्न जाँदा दियो ट्रकले ठक्कर, गयो छात्राको ज्यान

सर्लाही : लालबन्दी नगरपालिका–९ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा एक छात्रको आज विहान मृत्यु भएको छ।

मृत्यु हुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन्। इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार ट्युसन पढ्न जाने क्रममा पैदल हिँडिरहेका बेला छात्रलाई ट्रकले ठक्कर दिएको थियो। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell