PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

राष्ट्रपति बाइडेनको 'बिल्ड व्याक बेटर' संकटमा : डेमोक्रेट सिनेटर नै विपक्षमा



पहिलोपोस्ट

राष्ट्रपति बाइडेनको 'बिल्ड व्याक बेटर' संकटमा : डेमोक्रेट सिनेटर नै विपक्षमा

अमेरिकी राष्ट्रपति जो बाइडेनले अगाडि सारेको १.७५ ट्रिलियन डलरको 'ट्याक्स एण्ड स्पेन्डिङ' योजना संकटमा पर्ने देखिएको छ। 

राष्ट्रपति बाइडेनको योजनामा उनकै पार्टीका सिनेटरहरुले विपक्षमा मत जाहेर गर्ने घोषणा गरेका छन्। डेमोक्रेटिक सिनेटर जो मान्चिनले आइतवार राष्ट्रपति बाइडेनको 'बिल्ड ब्याक बेटर एक्ट'लाई समर्थन गर्न नसिकने घोषणा गरेका हुन्। 

'म यो विधायकीलाई समर्थन गरिराख्न सक्दिन। मैले गर्नै सक्दिन। मैले मानवीयताका हिसाबले सम्भव हुने सबै प्रयास गर्ने छु,' उनले आइतवार फक्स न्युजसँग भनेका छन्। 

ह्वाइट हाउसका प्रेस सक्रेटरी जेन प्साकीले सिनेटरको अभिव्यक्ति अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन्। एक साता अगाडि सिनेटरले बिल्ड व्याक बेटरलाई सहयोग गर्ने प्रतिवद्धता गरेको र त्यसबाट पछि हटेको उनले आरोप लगाएका छन्।

आफ्नो प्रतिवद्धताबाट पछि हटेका सिनेटर मान्चिनलाई राष्ट्रपति बाइडेनको नीतिको पक्षमा उभ्याउने प्रयास गरिने समेत प्रेस सेक्रेटरीले बताएका छन्। 

यता अमेरिकी सदनका सभामुख नेन्सी पेलोसीले डेमोक्रेटहरुलाई 'बिल्ड व्याक बेटर एक्ट' पास गराउन एक ठाउँमा उभिन भन्दै पत्रसमेत लेखेकी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell