PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

श्रीमतीको हत्या गरेर फरार रहेका युवक समातिए



पहिलोपोस्ट

श्रीमतीको हत्या गरेर फरार रहेका युवक समातिए

काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले भोजपुर केराबारी घर भएका २५ वर्षीय जीवन राईलाई नियन्त्रणमा लिएको परिसरका डीएसपी राजु पाण्डेले जानकारी दिए।

आइतबार राईले भक्तपुर सूर्य विनायक नगरपालिका वडा नम्बर ५ स्थित डेरामा २५ वर्षीय श्रीमती मन्दिरा राईलाई कुटपिट गरी हत्या गरेर फरार भएको खुलेको छ। फरार रहेका जीवनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी पाण्डेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell