PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

एमालेद्वारा राष्ट्रियसभा अवरुद्ध, बैठक स्थगित



पहिलोपोस्ट

एमालेद्वारा राष्ट्रियसभा अवरुद्ध, बैठक स्थगित
FILE PHOTO

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ। बैठकको सुरु हुने बित्तिकै एमालेका सांसदहरुले उठेर अवरुद्ध पारेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरिएको घोषणा गरेका हुन्।

एमाले सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको माग सम्बोधन नगरी संसद बैठक चल्न नदिने बताए। उनले सरकारले एमालेको माग सम्बोधन गर्न वार्तासमेत गर्न नचाहेको भन्दै आपत्ति समेत जनाए।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुलाई सदन संचालनका लागि सहज बनाई दिन पटक पटक आग्रह रेका थिए।। उनले महत्वपूर्ण विधेयकहरु अगाडि बढाउन, देशको विकासको बारेमा, समग्र अर्थतन्त्रको बारेमा आफ्ना विचारहरु राख्न पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन सुचारु गराउन सहयोग गर्न भनेका थिए।

सदन अवरुद्ध गरेपछि केही समयलाई स्थगित गरिएको बैठक सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell