PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

त्रिविबाट २९ हजार ७२९ जना विद्यार्थी दीक्षित, प्रधानमन्त्रीले भने : विश्वविद्यालयको शिक्षा सैद्धान्तिक मात्र हुनु हुँदैन



पहिलोपोस्ट

त्रिविबाट २९ हजार ७२९ जना विद्यार्थी दीक्षित, प्रधानमन्त्रीले भने : विश्वविद्यालयको शिक्षा सैद्धान्तिक मात्र हुनु हुँदैन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुन नहुने बताएका छन्।

सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गदै देउवाले समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्ने बताएका हुन्।

उनले विश्व शैक्षिक बजार निकै प्रतिष्पर्धी भएको भन्दै विश्वविद्यालयले युग सापेक्ष शिक्षा तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक रहेको समेत बताए।

'विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यवहारिक, जीवनोपयोगी समाजको विकास, रुपान्तरणमा सहयोगी हुनुपर्छ। मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ, बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रुपमा रुपान्तरण गर्न सिर्जनात्मक र प्रवर्तनशील युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन हुनुपर्छ' उनले भने।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले २९ हजार ७२९ जना विद्यार्थीहरुलाई दीक्षित गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell