PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

‘कबड्‌डी ४’ को टिजर सार्वजनिक, वैशाख २३ गते रिलिज डेट



पहिलोपोस्ट

‘कबड्‌डी ४’ को टिजर सार्वजनिक, वैशाख २३ गते रिलिज डेट

फिल्म ‘कबड्‌डी’ को चौथो सिरिजको टिजर सार्वजनिक भएको छ। आज सार्वजनिक भएको टिजरमा पुराना संस्करणसँग फिल्मलाई कनेक्ट गरेको देखिन्छ। दयाहाङ राई र मिरुना मगरको प्रेममा सौगात मल्लको इन्ट्रीले फिल्म पुरानै शैलीको हुने अपेक्षा गर्न सकिन्छ।

'कबड्डी ४ -द फाइनल म्याच' को टिजरसँगै प्रदर्शन मिति समेत तय भएको छ। यो फिल्म आउँदो वर्ष वैशाख २३ गते रिलिज जनाइएको छ।

बाँसुरी फिल्म्सको ब्यानरमा बनेको फिल्म रामबाबु गुरुङको निर्देशन गरेका छन्। फिल्ममा अघिल्ला श्रृङ्खलामा जस्तै मुस्ताङ आसपासको दृश्याङ्कन गरिएको छ। मणिराम पोखरेल निर्माता रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय छ।

फिल्ममा शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ। यसअघि रिलिज भएका फिल्मको तीन सिरिजमा दयाहाङको नै मुख्य भूमिका थियो। कबड्डीका सबै सिक्वेल हिट भएकाले यो फिल्म पनि सफल हुने अपेक्षा गर्न सकिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell