PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

सुरक्षा दिन तयार छौं, होटल र रेष्टुराँहरु २४ घण्टा नै खुला हुनुपर्छ : गृहमन्त्री खाण



पहिलोपोस्ट

सुरक्षा दिन तयार छौं, होटल र रेष्टुराँहरु २४ घण्टा नै खुला हुनुपर्छ : गृहमन्त्री खाण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले होटल तथा रेष्टुराँहरुलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने सुझाव दिएका छन्।

सोमवार अर्थ मन्त्रालयमा आयोजित पूँजीगत खर्च सम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले होटल रेष्टुरेन्टलाई २४सै घण्टा खुला गर्दा व्यवसाय फष्टाउने र राजश्व वृद्धिमा पनि सहयोग पुग्ने बताएका हुन्।

'त्यसको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रालय तयार रहेको छ,' उनले भने।

अहिले प्रहरीले होटल रेष्टुराँ रातभरी खोल्न दिँदैन। पर्यटकीय स्थलमा होटलहरु पनि मध्यरातसम्म पनि खोल्न पाइँदैन। यसबिच गृहमन्त्रीले भने रातभर व्यवसाय खुला हुनुपर्ने बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell