PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

डेढ घण्टापछि नियन्त्रणमा आयो इन्द्रेणी कम्प्लेक्सको जिममा लागेको आगो

डेढ घण्टापछि नियन्त्रणमा आयो इन्द्रेणी कम्प्लेक्सको जिममा लागेको आगो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा आएको छ। कम्प्लेक्समा रहेको जिमखानामा लागेको आगो करिब डेढ घण्टापछि नियन्त्रणमा आएको हो।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणमा प्रयोग भएको थियो। चारवटा दमकलको प्रयोग गरी आगो नियन्त्रणमा लिइएको बताइएको छ।

भवनको अन्तिम तलामा आगलागी भएको हो। आगो कसरी लाग्यो भन्ने खुलिनसकेको प्रहरीले जानकारी दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell