PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कांग्रेस लुम्बिनीका चर्चित नेता जो केन्द्रीय सदस्यमा पराजित भए...



पहिलोपोस्ट

कांग्रेस लुम्बिनीका चर्चित नेता जो केन्द्रीय सदस्यमा पराजित भए...

बुटवलः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा लुम्बिनी प्रदेशका केही चर्चित नेता पराजित भएका छन्। 

लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्र कनौडिया, वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल लगायतका नेताहरु केन्द्रीय सदस्यमा पराजित भएका हुन्। कनौडिया कपिलवस्तु र हमाल बाँकेबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन्।  

केन्द्रीय सदस्य खुलातर्फ प्रतिस्पर्धामा रहेका उनीहरु तोकिएको ३५ स्थानभित्र पर्न असफल भए। कनौडियाले एक हजार ५१९ मत ल्याएका छन्। मन्त्री सुरेन्द्र हमालले एक हजार २०३ मत मात्र ल्याए। कनौडिया र हमाल दुबैजना संस्थापन प्यानलबाट उम्मेदवार बनेका थिए। 

त्यस्तै लामो समय गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव रहेका रूपन्देहीका गोकर्ण पौडेल, गुल्मीका पूर्वसांसद त्रैलोक्यप्रताप सेन पनि केन्द्रीय सदस्यमा पराजित भएका छन्। पाल्पाका हरि नेपाल पनि कांग्रेसको केन्द्रीय सदस्य पदमा दोहोरिन सकेनन्। कांग्रेसमा ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell