PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

नेपाल ग्रामीण चलचित्र महोत्सव आयोजना हुने



पहिलोपोस्ट

नेपाल ग्रामीण चलचित्र महोत्सव आयोजना हुने

काठमाडौं : नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्‍याउने उद्धेश्यका साथ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ। सेलिब्रेटी नेपालले माघको अन्तिम सातामा ३ दिने चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो। 

महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री र फिचर चलचित्रलाई सहभागी गराएर ग्रामीण क्षेत्रका दर्शकहरुसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गरिनेछ। साथै, उत्कृष्ट चलचित्रलाई अवार्ड समेत प्रदान गरिनेछ।  

महोत्सवमा विभिन्न भाषाभाषीकासँगै मोबाइलबाट खिचिएका चलचित्रहरु समेत समावेश हुने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। यस्तै, ग्रामीण परिवेशलाई समेटेर कस्ता चलचित्र बनाउने र कस्ता चलचित्रले दर्शकको साथ पाउनेछ भन्ने बिषयमा अन्तरक्रिया तथा वर्कसपको आयोजना समेत गरिनेछ। 

कार्यक्रम हुने स्थान तय भएको छैन। यद्यपि, कार्यक्रम हुने स्थानको सांस्कृतिक र पर्यटकीय सम्भावनलाई समेत प्रचारप्रसार गर्नु आफ्नो उद्देश्य रहेको आयोजकले जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell