PahiloPost

Oct 26, 2025 | १० कात्तिक २०८२

प्रतिनिधिसभामा जारी रह्‍यो एमालेको अवरोध, बैठक भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभामा जारी रह्‍यो एमालेको अवरोध, बैठक भोलिसम्मका लागि स्थगित

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको मंगलवारको बैठकमा पनि विरोध जारी राखेको छ। बैठक सुरु हुनासाथ एमालेले नाराबाजी सुरु गरेको हो।

एमालेले पार्टीका तत्कालिन सांसदहरु माधवकुमार नेपाल सहितका नेताहरुलाई कारवाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक नगरेको भन्दै संसदलाई लगातार अवरोध गर्दै आएको छ। साथै एमालेले सभामुखको राजीनामा समेत माग गरिरहेका छन्।सापकोटाले भने एमालेको अवरोधका बाबजुत बैठकको कार्यसूचि अघि बढाएका थिए।

बैठकमा कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐन संसोधन अध्यादेश बैठकमा प्रस्तुत गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध अन्त्यका लागि बोलाएको सर्वदलीय बैठकमा पनि एमाले अनुपस्थिति भएको थियो।

एमालेले बैठक अवरोध गरेपछि सभामुख सापकोटाले बैठक भोलिसम्मका लागि स्थगित गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell