PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बन्द भएको 'मुन्द्रेको कमेडी क्लब' नयाँ ढाँचामा ल्याउने जितुको तयारी



पहिलोपोस्ट

बन्द भएको 'मुन्द्रेको कमेडी क्लब' नयाँ ढाँचामा ल्याउने जितुको तयारी

काठमाडौं : कमेडी शो 'मुन्द्रेको कमेडी क्लब' पुन: प्रसारण गर्ने बारेमा छलफल अघि बढेको छ। बन्द भएको शो फेरि प्रसारणमा आउने सम्भावना निकै रहेको शोका निर्देशक जितु नेपालले जानकारी दिए।

सुरुवातदेखि टिममा रहेका कलाकार उमेश राई (फुलन्देकी आमा) खबर नै नगरी अर्को शोमा होस्ट बन्न गएको आरोप लगाउँदै जितुले कात्तिकमा ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्ने घोषणा गरेका थिए। ‘मुन्द्रेको कमेडी क्लब’ सिजन २' नेपाल टेलिभिजनबाट ५४ औँ भागसम्म प्रसारण भएको थियो।

विवादबिच बन्द भएको उक्त शो नयाँ ढाँचा र रुवरुपसहित ल्याउने तयारी गरिरहेको जितु बताउँछन्। ‘यो शो प्रसारणका लागि केही टेलिभिजनले चासो देखाइरहनु भएको छ। जसकारण केही टेलिभिजनसँग प्रसारणबारे छलफल भइरहेको छ। प्रसारण मिति तय हुने बित्तिकै हामी यसबारे आधिकारिक घोषणा गर्नेछौँ।,' उनले भने।

नयाँ ढाचाँमा आउन लागेको शोमा दिनेश डीसी पनि जोडिने समेत उनले सुनाए। तर, डिसीसँग कसरी सहकार्य गर्ने बारेमा कुराकानी भइरहेको समेत उनले बताए। डीसी कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरका स्टेसन म्यानेजर समेत हुन्। शोमा अध्यक्षको रुपमा अभिनेत्री करिश्मा मानन्धर नै देखिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell