PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

कपिलवस्तुका जसपा नेता गुप्ता एमालेमा प्रवेश



पहिलोपोस्ट

कपिलवस्तुका जसपा नेता गुप्ता एमालेमा प्रवेश

बुटवल : जनता समाजवादी पार्टी (जसपा) कपिलवस्तुका नेता मंगल प्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। मंगलबार कपिलवस्तुको बहादुरगंजमा आयोजित जनसभामा गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्।

गुप्ता जसपाका केन्द्रीय सदस्य हुन्। २०७४ सालको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका उनी अभिषेकप्रताप सिंहसँग पराजित भएका थिए।

गुप्तासँगै अन्य जिल्ला स्तरीय नेता कार्यकता पनि एमाले प्रवेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell