PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

शशांकलाई पछि पार्दै मुक्तकुमारीले पाइन केन्द्रीय सदस्यमा पपुलर मत



पहिलोपोस्ट

शशांकलाई पछि पार्दै मुक्तकुमारीले पाइन केन्द्रीय सदस्यमा पपुलर मत

काठमाडौंः नेपाली कांग्रेसको भूगोल र समावेशी तर्फका केन्द्रीय सदस्य चयनका लागि मतगणना प्रक्रिया जारी छ। भूगोल र समावेशी तर्फबाट अझै आधार स्थानको गणना जारी छ। मत परिणाम आउने क्रम पनि जारी छ।

मत परिणाम सार्वजनिकसँगै यसअघिका लोकप्रिय मतको रकर्ड पनि तोडिने क्रम जारी छ। पदाधिकारी गणनामा महामन्त्री गगन थापाले ३०२३ मत पाएका थिए।

केन्द्रीय सदस्यको गणनाका क्रममा उक्त रेकर्ड डा( शशांक कोइरालाले पाए। कोइरालाले ३८३६ मत पाएका थिए।

तर, कोइरालाको रेकर्ड समावेशी तर्फको गणनाका क्रममा तोडिएको छ।

समावेशी अन्तर्गत मधेशी महिला कोटामा मुक्तकुमारी यादवले हालसम्म सबैभन्दा बढी मत पाएकी छिन्। यादवले ३९६० मत पाएर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

यादव यसअघि नेपाली कांग्रेसको महासमिति सदस्यमात्र हुन्।

उनी दोस्रो संविधान सभामा सदस्य थिइन्। साथै २०७४ मा सम्पन्न राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन्। उनको कार्यकाल दुई वर्ष रहेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell