PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

केन्द्रीय सदस्यमा निरन्तर देउवा पक्ष हाबी: संस्थापनबाट ६४ निर्वाचित हुँदा शेखर प्यानलको १३ मात्र



नेत्र तामाङ

केन्द्रीय सदस्यमा निरन्तर देउवा पक्ष हाबी: संस्थापनबाट ६४ निर्वाचित हुँदा शेखर प्यानलको १३ मात्र

काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय सदस्यको खुल्ला पुरुष र खुल्ला महिलातर्फको मतगणना सम्पन्न भएको छ। केन्द्रीय सदस्यमा भूगोल र विभिन्न क्लस्टरको मतगणना भने जारी छ। अपांगता भएको, मधेसी खुल्ला, मधेसी महिला, मुस्लिम महिला, मुस्लिम, थारु खुल्ला, थारु महिला अल्पसंख्यक खुल्ला र पिछडिएको क्षेत्रको मतपरिणाम आइसकेको छ। यसैगरी प्रदेश १, २, वाग्मती, कर्णाली र सुदुरपश्चिमको भूगोलतर्फको मतपरिणाम पनि सार्वजनिक भइकेको छ।

निर्वाचित केन्द्रीय सदस्यमा अधिकांशमा शेरबहादुर देउवा प्यानल हावी भएको छ। पदाधिकारीतर्फ पनि देउवा प्यानल नै अघि छ।

पदाधिकारीमा एक उपसभापति र ६ जना सहमहामन्त्री देउवा पक्षले जितेको छ। एक उपसभापति र एक महामन्त्री तथा दुई सहमहामन्त्री शेखर कोइराला प्यानलले जित हासिल गरेको छ। एक महामन्त्री प्रकाशमान सिंह समूहले जितेको छ।

तर, केन्द्रीय सदस्यमा भने सिंहको प्यानल निल भएको छ। सिंहसहित तीनै सभापतिका प्रत्यासीबाट सूचीमा नाम सामेल भएका शशांक कोइरालाबाहेक सिंह प्यानलबाट कोही पनि निर्वाचित भएन।

मत परिणाम अनुसार देउवा पक्षका ६४ उम्मेद्वार केन्द्रीय सदस्यमा विजयी भएका छन्। १३ जना शेखर प्यानलबाट निर्वाचित भए। देउवा, शेखर र प्रकाशमान प्यानलमा परेका शशांक कोइरालाले पपुलर मतसहित केन्द्रीय सदस्यमा जित हासिल गरे।

खुला केन्द्रीय सदस्यको नतिजासँगै देउवा सुविधाजनक बहुमततर्फ उन्मुख छन्।

देउवा प्यानलबाट निर्वाचित

१ एनपी साउद

२ बालकृष्ण खाण

३ उदय शम्शेर राणा

४ रामहरि खतिवडा

५ ज्ञानेन्द्रबहादुर कार्की

६ रमेश लेखक

७ शंकर भण्डारी

८ जीपछिरिङ लामा

९ जीतजंग बस्नेत

१० गोपालमान श्रेष्ठ

११ मोहनबहादुर बस्नेत

१२ सुनीलबहादुर थापा

१३ नैनसिंह महर

१४ गोविन्द भट्टराई

१५ कुन्दनराज काफ्ले

१६ सुरेन्द्रराज पाण्डे

१७ पद्यनारायण चौधरी

१८ राजीव ढुंगाना

१९ गुरु बराल

२० मदनबहादुर अमात्य

२१ गणेश लामा

२२ उमेशजंग रायमाझी

२३ मोहन आचार्य

२४ डा गोपाल दहित

२५ कृष्णकिशोर घिमिरे

२६ डा डिला संग्रौला

२७ पुष्पा भुसाल

२८ आरजु राणा देउवा

२९ अम्बिका बस्नेत

३० ईश्वरी न्यौपाने

३१ रमा कोइराला पौडेल

३२ सुशीला ढकाल आचार्य

३३ रंगमति शाही

३४ चित्रलेखा यादव (प्रदेश २ महिला)

३५ आनन्दप्रसाद ढुंगाना (प्रदेश २ खुल्ला - निर्विरोध)

३६ रमेश रिजाल (प्रदेश २ खुल्ला - निर्विरोध)

३७ मदनकृष्ण श्रेष्ठ (अपांगता खुल्ला)

३८ अर्जुनजंगबहादुर शाही (पिछडिएको क्षेत्र खुल्ला)

३९ प्रदीपकुमार सुनुवार (अल्पसंख्यक खुल्ला)

४० ध्यानगोविन्द रञ्जित(वाग्मती खुल्ला)

४१ उर्मिला नेपाल केसी (वाग्मती महिला)

४२ नागिना यादव (मधेसी महिला)

४३ मन्जुकुमारी यादव (मधेसी महिला)

४४ मीनाक्षी झा (मधेसी महिला)

४५ मुक्ताकुमारी यादव (मधेसी महिला)

४६ अजयकुमार चौरासिया (मधेसी खुल्ला)

४७ दिनेशकुमार यादव (मधेसी खुल्ला)

४८ महेन्द्रकुमार राय (मधेसी खुल्ला)

४९ विनोदकुमार चौधरी (मधेसी खुल्ला)

५० जावेदा खातुन जागा (महिला मुस्लिम)

५१ अब्दुल रज्जाक (मुस्लिम खुल्ला)

५२ अब्दुल सतार (मुस्लिम खुल्ला)

५३ महेन्द्रकुमारी लिम्बु (प्रदेश १ महिला)

५४ अमृत अर्याल (प्रदेश १ खुल्ला)

५५ राजीवविक्रम शाह (कर्णाली खुला)

५६ कर्णबहादुर बुढा (कर्णाली खुला)

५७ जानकी सिंह (कर्णाली महिला)

५८ सुशीला मिश्र (सुदूरपश्चिम महिला)

५९ यज्ञराज जोशी (सुदूरपश्चिम खुला)

६० रणबहादुर रावल (सुदूरपश्चिम खुला)

६१ योगेन्द्र चौधरी (थारु खुला)

६२ रामजनम चौधरी (थारु खुला)

६३ कल्पना चौधरी (थारु महिला)

६४ जीवना राना (थारु महिला)

 

शेखर प्यानलबाट निर्वाचित

१ अर्जुननरसिंह केसी

२ दिलेन्द्रप्रसाद बडु

३ रामशरण महत

४ बलबहादुर केसी

५ दिपक गिरी

६ सञ्जयकुमार गौतम

७ गोविन्दराज पोखरेल

८ अजयबाबु शिवाकोटी

९ दिनेश कोइराला

१० सरिता प्रसाईं

११ राजन केसी (वाग्मती खुल्ला)

१२ डा चन्द्रमोहन यादव (मधेसी खुल्ला)

१३ राजीव कोइराला (प्रदेश १ खुल्ला)

 

देउवा/शेखर/प्रकाशमान

शशांक कोइराला



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell