PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

थारु क्लष्टरका चारै सदस्यमा देउवा प्यानलका उम्मेद्वार विजयी



पहिलोपोस्ट

थारु क्लष्टरका चारै सदस्यमा देउवा प्यानलका उम्मेद्वार विजयी

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय सदस्यको थारु क्लष्टरतर्फको चार सदस्यमा पनि सभापति शेरबहादुर देउवा प्यानलका उम्मेद्वार विजयी भएका छन्। थारु क्लष्टरको खुला र महिला दुबैमा देउवा प्यानल हाबी भएको हो। 

खाुलातर्फ योगेन्द्र चौधरी र रामजनम चौधरी विजयी भएका छन्। दुबै विजय गच्छदार नेतृत्वको फोरमबाट कांग्रेसमा आएका हुन्। योगेन्द्रले २१९८ मत पाएका छन्। भने, रामजनमले २५०३ मत पाएका छन्। 

यस्तै, महिलातर्फ कल्पना चौधरी र जीवन राना विजयी भएका छन्। चौधरीले २५२४ र रानाले २३४९ मत पाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell