PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काठमाडौंबाट पोखरा बागलुङ हुँदै थवाङसम्म जोडियो बस सेवा



रासस

काठमाडौंबाट पोखरा बागलुङ हुँदै थवाङसम्म जोडियो बस सेवा
प्रतीकात्मक तस्बिर।

रोल्पा : रोल्पाको थवाङ सिधैँ काठमाडौँसँग जोडिएको छ। थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडौंसँग जोडिएको हो।

बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ। थवाङबाट रुकुम पूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौँका लागि रात्रिबस सेवा सुरु भएको हो। हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ।

यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत् करिब आठ घण्टाको दूरी पार गर्दै रात्रिबसमा काठमाडौं जाने गरेका थिए। थवाङ–लिवाङ र लिवाङ–काठमाडौंको बराबरी भाडा तिर्न बाध्य उनीलाई थवाङ–काठमाडौँ बस सेवा सुरु भएसँगै राहत मिलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell