PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

श्रीमतीको हत्या अभियोगमा समातिए श्रीमान्



रासस

श्रीमतीको हत्या अभियोगमा समातिए श्रीमान्

किमाथाङ्का : सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। श्रीमानको कुटपिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो।

प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए।

यस्तै, मङ्गलवार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको छ। दुवै जनाबिच विवाद हुँदा कुटपिटबाट चन्द्रबहादुर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो। कुटपिटमा संलग्न भएको आरोपमा जीवनलाई प्रहरीले पक्राउ गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell