PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

घानाको सदनमा करबारे छलफल भइरहँदा सांसदबिच मुक्का हानाहान



पहिलोपोस्ट

घानाको सदनमा करबारे छलफल भइरहँदा सांसदबिच मुक्का हानाहान

घानाको संसदमा सांसदहरुबिच झडप भएको छ। मंगलवार विद्युतीय कारोवारमा कर लगाउने कानुनबारे छलफल चलिरहँदा सांसदहरुबिच हानाहान भएको हो।

उक्त कानुनलाई लिएर संसद केही हप्तादेखि नै अवरुद्ध हुँदै आएको थियो। प्रस्तावित कानुन अनुसार मोबाइलबाट हुने पेमेन्टसहित अन्‍य विद्युतीय कारोवारमा १.७५ प्रतिशत इ-लेभी राख्ने तयारी भएको हो। विपक्षी पार्टीले भने कानुनको विरोध गर्दै आएको छ।

घानाको सांसदमा यस्तो झडप भइरहन्छ। सन् २०२१ मा मात्रै चारपटक सांसदहरुबिच सदनमै मुक्‍का हानाहान भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell