PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

'गदर २' विवादमा : घर धनीले लगाए ठगीको आरोप



पहिलोपोस्ट

 'गदर २' विवादमा : घर धनीले लगाए ठगीको आरोप

बलिउड अभिनेता सनी देओल र अमिषा पटेलको हिट फिल्म 'गदर-एक प्रेम कथा' को सिक्वेल फिलको छायाङ्कन अहिले भइरहेको छ। देओल र पटेलकै मुख्य भूमिका रहेन सिक्वेल 'गदल २' को छायाङ्कन हिमाचल प्रदेशमा भइरहेको छ। यसबिच यो फिल्म विवादमा फसेको छ।

एक घरधनीले फिल्ममाथि ठगीको आरोप लगाएका छन्। फिल्मको सुटिङ पालमपुरको भलेड गाउँको एक घरमा भएको थियो। फिल्म सुटिङका लागि फिल्म टिमले ३ कोठा भाडामा लिएको थियो। जसको भाडा प्रतिदिन ११ हजार तिर्ने सम्झौता भएको थियो। तर फिल्ममेकरले छायाङ्कनका लागि पुरै घर नै प्रयोग गर्नुका साथै जमिन पनि प्रयोग गरेको घरधनीको दाबी छ।

घरधनीले ५६ लाखको बिल देखाउँदा फिल्म मेकरले दिन नमानेपछि यो विवाद उठेको हो। सुटिङअघि जति पैसा दिने सम्झौता भएको थियो। त्यति पैसा दिन फिल्म निर्माताले अस्वीकार गरेको घर मालिकको आरोप छ।

२० वर्षपछि बन्दै गरेको फिल्ममा सन्नी र अमिषासँगै नयाँ पुस्ताको प्रेम कथालाई समेटिनेछ। यो फिल्म सन् २०२२ मा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell