PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

ओमोक्रन भेरियन्ट : युरोप फेरि प्रतिबन्धमा फर्किँदा इजरायलमा खोपको चौथो डोज दिने तयारी



पहिलोपोस्ट

ओमोक्रन भेरियन्ट : युरोप फेरि प्रतिबन्धमा फर्किँदा इजरायलमा खोपको चौथो डोज दिने तयारी
Photo : Getty Images

विश्वभर फेरि कोभिड १९ संक्रमण दर बढ्दै गएको छ। संक्रमण केही नियन्त्रणमा आए पछि लाग्दै आएको प्रतिबन्धहरु फुकुवा हुँदैगर्दा कोभिड १९ को नयाँ भेरियन्ट 'ओमोक्रन' ले संक्रमण बढाएको हो। युरोपमा यो भेरियन्ट फैलिएसँगै युरोपभर नै फेरि लकडाउनसहितका प्रतिबन्धहरु लागू गर्ने तयारी भएको छ।

जर्मनी, नेदरल्याण्ड्स, पोर्चुगल लगायतका देशले क्रिसमस सीमित तरिकाले मात्र मनाउन निर्देशन जारी गरिसकेको छ। अफ्रिकी, एसियाली र अमेरिकी राष्ट्रहरु पनि ओमोक्रन फैलिन नलिन सतर्कता अपनाउँदैछैन्।

विश्वभर ओमोक्रन भेरियन्टको त्रास बढ्दै गर्दा इजरालयले भने यसको असरबाट बच्न कोभिड १९ विरुद्धको खोपको चौथो डोज दिने तयारी गरेको छ।

इजरायली विज्ञहरुले ६० वर्षभन्दा माथिका र स्वास्थ्यकर्मीहरुलाई खोपको चौथो डोज दिन सुझाव दिएको हो। यो सुझाव कार्यान्वयन भए इजरायलले कोरोना भाइरसविरुद्ध चौथौ डोज दिने पहिलो राष्ट्र हुनेछ।

इजारयली प्रधानमन्त्री नाफ्टाली बेन्नेटले विज्ञहरुको सुझावको स्वागत गरेका छन्। उनले अधिकारीहरुलाई नागरिकहरुलाई चौथो डोज दिने कार्य सुरु गर्न निर्देशन दिइसकेका छन्। तेस्रो डोज लगाएको चार महिनापछि चौथो डोज दिनेबारेमा छलफल भइरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

हालसम्म इजरायलमा ओमोक्रनको ३४० केस पुष्टि भइसकेको छ। त्यसैले सतर्कर्ता अपनाउन अमेरिका, जर्मनी, इटाली र क्यानडामा इजरायले यात्रा प्रतिबन्ध लगाइसकेको छ।

विश्वमा कोभिड १९ विरुद्ध खोप अभियान सुरु हुँदा नै इजरायलमा तिब्रताका साथ खोप दिने कार्य भएको थियो। यद्यपि, हालसम्म भने इजरायलमा ६३ प्रतिशत जनसंख्याले मात्रै खोपको दुई डोज लगाएका छन्। १४ वर्षभन्दा कम उमेर समूहको जनसंख्या एक तिहाई बढी भएकोले पनि दुई डोज लगाउनेको तथ्यांक कम देखिएको हो।

गत नोभेम्बरबाट भने ५ वर्षभन्दा माथि उमेर समूहका बालबालिकालाई पनि इजरालयले खोप दिन सुरु गरेको थियो। ओमोक्रनको बढ्दो प्रभावलाई मध्यनजर गर्दै प्रधानमन्त्री बेन्नेटले खोपका लागि योग्य सबै बालबालिकालाई दुई हप्ताभित्र खोप लगाइसक्न पनि भनेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell