PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

स्थगित भएको 'मिस वर्ल्ड' को फिनाले सन् २०२२ को मार्च १६ मा हुने



पहिलोपोस्ट

स्थगित भएको 'मिस वर्ल्ड' को फिनाले सन् २०२२ को मार्च १६ मा हुने

कोरोना भाइरस संक्रमण फैलिएपछि स्थगित भएको 'मिस वर्ल्ड' प्रतियोगिताको फिनालेको नयाँ मिति तय भएको छ। अब मिस वर्ल्डको ७० ‍औँ संस्करणको फिनाले १६ मार्च २०२२ मा आयोजना हुने घोषणा भएको छ।

आयोजक संस्था 'मिस वर्ल्ड' ले एक प्रेस विज्ञप्ति निकाल्दै फिनालेको नयाँ मितिबारे फेसबुकमार्फत जानकारी दिएको हो।

गत शुक्रबार बिहान अमेरिकाको पुर्टो रिकोमा मिस वर्ल्ड प्रतियोगितको फिनाले हुने भनिएको थियो। तर अन्तिम अवस्थामा पुग्दा मिस वर्ल्डमा प्रतिस्पर्धा गरिरहेकी प्रतियोगी सहित कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि फाइनल स्थगित भएको थियो। पुर्टो रिकोको स्वास्थ्य विभागका अनुसार मिस वर्ल्डसँग सम्बन्धित ३८ जनामा संक्रमण देखिएको थियो।

मिस वर्ल्डमा सहभागी हुन अमेरिका पुगेका प्रतियोगीलाई स्वास्थ्य प्रोटोकल पालना पछि मात्रै स्वदेश फर्किन दिइएको थियो। फिनाले स्थगित भएसँगै मिस नेपाल नम्रता श्रेष्ठ पनि सोमबार अमेरिकाबाट नेपाल फर्किसकेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell