PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

लोकसेवा आयोगका अध्यक्ष अनुपस्थित हुने भएपछि स्थगित भयो न्याय सेवा आयोगको बैठक



पहिलोपोस्ट

लोकसेवा आयोगका अध्यक्ष अनुपस्थित हुने भएपछि स्थगित भयो न्याय सेवा आयोगको बैठक

काठमाडौं : प्रधान न्यायाधीश चालेन्द्र शमशेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ। लामो समयसम्म अदालतमा ‘हड्ताल’ जारी रहँदा आयोग र न्याय परिषद्को समेत बैठक बस्न सकेको थिए। जबराले बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका थिए।

लोकसेवा आयोगका अध्यक्ष एवम् न्याय सेवा आयोगका सदस्य माधव रेग्गी अनुपस्थित हुने नसक्ने भएपछि आजको बैठक स्थगित गरिएको हो। रेग्मी काठमाडौं बाहिर रहेकोले उनी बैठकमा उपस्थित हुन नसकेको न्याया परिषद् सचिवालयले जनाएको छ।

असोजमा संचालित जिल्ला न्यायाधीशको परीक्षाको नतिजा सार्वजनिक गर्न जबराले आयोगको बैठक बोलाएका थिए। लामो समय नतिजा प्रकाशन नभएको भन्दै असन्तुष्टि बढेपछि बैठक बोलाइएको थियो।

आजको बैठकमा  सर्वोच्चका वरिष्ठतम न्यायाधीशसहित अन्य सदस्यहरु जाने नजाने निश्चित थिएन। प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएशनले आयोग सदस्यहरुलाई बैठकमा नजान आग्रह गरेको थियो।

जबराको अध्यक्षतामा हुने आयोगमा सर्वोच्चका वरिष्ठत न्यायाधीश, कानुनमन्त्री, महान्यायाधिवक्ता तथा लोक सेवा आयोगका अध्यक्ष सदस्य रहने व्यवस्था छ। स्रोतका अनुसार बारका पदाधिकारीहरुले वरिष्ठत न्यायाधीश दीपककुकार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई बैठकमा नजान आग्रह गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell