PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

माओवादी केन्द्रको सम्मेलनमा १५३३ प्रतिनिधि, अरु दल र विदेशीलाई निम्ता छैन



पहिलोपोस्ट

माओवादी केन्द्रको सम्मेलनमा १५३३ प्रतिनिधि, अरु दल र विदेशीलाई निम्ता छैन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनको आन्तरिक तयारीलाई तीब्रता दिएको छ। 

सम्मेलनमा एक हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने भएका छन्।

'नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन' नाराका साथ हुने सम्मेलनमा प्रदेश कमिटीबाट ८ सय ३ जना प्रतिनिधि सहभागी हुनेछन्। 

त्यस्तै, आयोजक समितिबाट १ सय ७९ जना, विभिन्न आयोगबाट १ सय ७५, सल्लाहकारहरु, जेष्ठ कम्युनिस्ट मञ्चबाट १ सय २५, केन्द्रीय प्रतिनिधिका रुपमा २७ र बाँकी पाँच प्रतिशत मनोनित गरी एक हजार ५ सय ३३ जना प्रतिनिधिहरु सहभागि हुने बुधवार पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता तथा प्रचार विभागका प्रमुख कृष्णबहादुर महराले जानकारी दिए। 

यसैबिच, सम्मेलनको उद्घाटनका क्रममा कुनै पनि राजनीतिक दल तथा विदेशी प्रतिनिधिहरुलाई सम्बोधनका लागि शुभकामना दिन निम्तो नदिइने समेत उनले जानकारी दिए। 

'महाधिवेशन होइन। हामी सम्मेलन गर्दैछौँ। विशुद्ध क्रान्तिकारी विचारको मन्थन हुनेछ,' उनले भने, 'विचार निर्माण कसरी गर्ने विषयमा हामी छलफल गर्छौँ। सम्मेलनमा कसैलाई बोलाइँदैन। राष्ट्रिय र अन्तर्राष्ट्रिय अतिथिहरु कसैलाई पनि सहभागिताका लागि निम्तो दिइँदैन।' 

सम्मेलनको आन्तरिक तयारी अगाडि बढिरहेको भन्दै प्रचार प्रसारका लागि विभिन्न स्थानमा गेट निर्माणदेखि डिस्प्ले बोर्डहरुमा प्रचार सामाग्री प्रदर्शन गरिने उनले जानकारी दिए। 

उनले प्रदेश सम्मेलन, वडा सम्मेलन, पालिका सम्मेलन सकिएको र प्रदेशको सम्मेलन सकिएर नेतृत्व चयन हुन बाँकी प्रदेशमा पनि सम्मेलन अगाडि नै नेतृत्व चयन भइसक्ने उनले बताए। 

राष्ट्रिय सम्मेलनमा अहिलेको अवस्थाको गम्भीर समीक्षा हुनेसमेत उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell