PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा समातिए सुवेदी दम्पती



पहिलोपोस्ट

बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा समातिए सुवेदी दम्पती

काठमाडौं : बहुचर्चित 'ललिता निवास'को जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रियामा संलग्न रहेको अभियोगमा एक दम्पतीलाई नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले रामकुमार सुवेदी र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको हो।

मंगलबार साँझ स्वयम्भूबाट उनीहरुलाई नियन्त्रणमा लिएको व्यूरोका डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए।

'श्रीमतीलाई घरबाट र श्रीमानलाई बागबजारबाट नियन्त्रणमा लिएका हौं,' व्यूरोका डीआईजी सिंहले भने।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विशेष अदालतमा १ सय १० जना विरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा सुवेदी दम्पती फरार थिए। उनीहरुलाई अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि म्याद थप गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell