PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

एमालेले अवरोध गरिरह्यो, चारवटा अध्यादेश ध्वनी मतले स्वीकृत भइरहे



पहिलोपोस्ट

एमालेले अवरोध गरिरह्यो, चारवटा अध्यादेश ध्वनी मतले स्वीकृत भइरहे
फाइल फोटो।

काडमाडौं : प्रतिनिधिसभाको बैठक पुस १८ गते सम्मका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले बुधवार बैठकको कार्यसूची अघि बढाएका थिए।

बैठक सुरु हुनासाथ एमालेले सभामुख सापकोटाको राजीनामा माग्दै नारावाजी गरेको थियो। एमालेले लगातार संसद बैठकमा अवरोध गर्दै आएको छ।

बुधवारको बैठकमा गृह मन्त्रीका तर्फबाट सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकमा 'नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण तथा समन्वय अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ अध्यादेश, सामाजिक सुरक्षा र रेल्व अध्यादेश प्रस्तुत गरेका थिए।

चारै अध्यादेश संसदले स्वीकृत गरेको छ। सांसद प्रेम सुवालले अध्यादेश माथि सधैं झै विरोध जनाएका थिए। बैठकमा उनको विरोधको सूचनालाई बहुमतले अस्वीकार गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell